१६ कार्तिक २०७६, शनिबार १४:२३

धानबाली फौजी किराले सखाप पारेपछि किसानको विचल्ली


मिडिया क्लब नेपाल, नेपालगञ्ज । अहिले अमेरिकी फौजी किराको चर्चा देश भरी नै चलिरहेको छ । वर्षभरिको आयस्रोतका रुपमा रहेको धानबालीलाई फौजी किराले सखाप पारेपछि देशका विभिन्न ठाउँका किसान बिचल्लीमा परेका छन् । त्यस्तै बाँके र बर्दियाका हजारौँ किसान परिवारको पनि बिचल्ली भएको छ ।
अन्नको भण्डार भनेर चिनिने बाँके बर्दियाको धानबालीलाई अमेरिकी फौजी किराले क्षति पुर्याएपछि पीडित किसानले तिनै तहको सरकारसँग सहयोगको गुहार लगाएका छन् । बाँके र बर्दियाका स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग क्षतिपूर्तिको माग किसानले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि