१६ कार्तिक २०७६, शनिबार १५:३४

सडक सञ्जालले यसरी जोडिदै छ नेपालबाट चिन र भारत


मिडिया क्लब नेपाल । हालै भएको चीनका राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमण दुई देशबीच भएका समझदारीपछि नेपाल हुँदै भारत र चीनलाई जोड्ने सडकबारे चर्चा बढेको छ ।
राष्ट्रपति सीको दुईदिने राजकीय भ्रमण सकिएपछि नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोशी, गण्डकी र कर्णाली कोरिडोर निर्माणमा चीनको प्रतिबद्धता दोर्होयाइएको छ ।
अहिले कालीगण्डकी कोरिडोरबाहेक अन्यत्रका मार्गमा नेपालले आफ्नै लगानीमा निर्माणकार्य अघि बढाइरहेको छ । तर यो विज्ञप्तिपश्चात उत्तर–दक्षिण जोड्ने अन्य सडकमा पनि चीनको आर्थिक सहभागिता हुने सङ्केत देखिएको छ ।
चिनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिशटिभ’ (बीआरआई) अन्तर्गत बन्दरगाह, सडक, रेल, हवाईसेवाजस्ता माध्यमबाट हिमालयवारिपारि सम्पर्क सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ । नेपालले बीआरआई परियोजनामा सहभागी हुने हस्ताक्षर यसअघि नै गरिसकेको छ ।
कोशी, कालीगण्डकी र कर्णाली कोरिडोरहरूका अधिकांश स्थानमा विगतकै सडकहरूलाई स्तरोन्नति गरिने बताइएको छ ।

कोशी करिडोर

कोशी कोरिडोर सडकको लम्बाइ ३४० किलोमिटर छ । यो मोरङको नेपाल(भारत सीमानाका जोगबनीदेखि धरान, धनकुटा, तेह्रथुम, सङ्खुवासभाको सदरमुकाम खाँदबारी हुँदै चिनियाँ सीमानाका किमाथाङ्कासम्म जोडिन्छ ।
हाल उक्त सडकको १४ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको सडक विभागले जनाएको छ । उनका अनुसार उक्त क्षेत्रमा चट्टानी भूभाग रहेकाले ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय भइसकेको छ । त्यसबाहेक अन्य क्षेत्रमा सडकलाई फराकिलो बनाउन आवश्यक छ।

कालीगण्डकी कोरिडोर

कालिगण्डकी कोरिडोरको लम्बाइ ४३५ किलोमिटर छ । यसले नेपालको नवलपरासीसँग जोडिने भारतीय सीमानाकालाई उत्तरतर्फ कोरलामा चीनलाई जोड्छ । यो कोरिडोर सडक नवलपरासीको गैँडाकोटदेखि पाल्पा, बाग्लुङ, मुस्ताङ हुँदै कोरलासम्म पुग्छ । कालीगण्डकी कोरिडोरको राम्दी–रिरी खण्डको राम्दीनजिकै चट्टानी क्षेत्रमा मात्रै ट्रयाक खोल्न बाँकी रहेको छ ।
अन्य क्षेत्रमा सडकलाई चौडा गर्ने र कालोपत्रे गर्ने काम पनि भइरहेको सडक विभागका अधिकारीहरू बताएका छन् ।

कर्णाली कोरिडोर

नेपाल हुँदै भारत र चीनलाई जोड्ने भनिएका तीनवटा कोरिडोरमध्ये यो सबैभन्दा लामो छ । यो कोरिडोरमा निर्माण हुने सडकको लम्बाइ ६८२ किलोमिटर हुनेछ । यो सडक बाँकेको जमुनाहदेखी सुर्खेत, कालीकोट, हुम्लाको सिमीकोट हुँदै हिल्सासम्म जोडिनेछ । प्रदेश सरकारले पनि उच्च महत्व दिएको उक्त सडकको अझै २२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । बाँकी ट्रयाक खोल्न केही भागमा नेपाली सेनाले र केही भागमा सडक विभागले काम गरिरहेको बताइएको छ ।

नेपाल हुँदै भारत र चीनलाई जोड्ने यी तीन सडक सञ्जाललाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्न सकिने भन्दै राष्ट्रिय गौरवका योजनाका रूपमा राखिएको छ । ट्रयाक खोल्नका लागि बजेटको अभाव नभएको आयोजनाले जनाएको छ । तर हिमाली क्षेत्र र जटिल भूभागमा काम गर्नुपर्ने नभएकाले थुप्रै भौगोलिक समस्या झेल्नु परेको आयोजनाले बताएको छ । अर्काे वर्षको दशैसम्मा सबै ट्रयाक खोली सञ्चालन गर्ने पनि आयोजनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि