२७ कार्तिक २०७६, बुधबार १८:२५

राष्ट्र बैंकमा भावी गभर्नरका लागि दौडधुप सुरु, यी हुन सम्भावित व्यक्तिहरू


मिडिया क्लब नेपाल, काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी चैतमा अवकाश पाउँदै छन् । अवकारपश्चात गभर्नर नेपाल सरकारको आर्थिक सल्लाहकारका रुपमा रहने छन् ।
हालका गभर्नर डा. चिरञ्जीवी नेपालको अवकाशको मिति नजिकिएसँगै आगामी कार्यकालका लागि गर्भनर बन्नका विभिन्न व्यक्तिहरुले लबिङ सुरु गरेको समाचार श्रोतले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले योग्य व्यक्ति गभर्नर बनाउने भनिरहेका बेला भावी गभर्नरका लागि लबिङ शुरु भएको हो ।
समाचार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको भावी गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडालाई जिम्मेवारी दिएका छन् । तर अर्थमन्त्री खतिवडासँग नजिक रहेका सचिव राजन खनाललाई मन्त्रीले गभर्नर बनाउन चाहेको भएपनि प्रधानमन्त्रीले असहमति नजनाए समाचार श्रोतले बताएको छ ।
राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नर थिए, ती मध्ये एक शिवराज श्रेष्ठमाथि छानबिन गर्न राष्ट्र बैकले समिति नै गठन गरेपछि उनको गभर्नर बन्ने सपना समाप्त भइसकेको छ । डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पत्ती शुद्धिकरणमा सहयोग नगरेको, वाणिज्य बैकहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगाएतका विभिन्न आरोप लागे पछि निलम्बनमा परेका छन् ।
अर्का डेपुटी गभर्नर हुन् चिन्तामणि शिवाकोटी । उनि गभर्नरका लागि लागिपरेको बताइन्छ ।
राष्ट्र बैकमा डेपुटी गभर्नर समेत बनेका नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारी, राष्ट्र बैकका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, नेपाल बैक लिमिटेडका वर्तमान अध्यक्ष बासुदेव अधिकारी, राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली लगायतले गभर्नर बन्न लबिङ सुरु गरिरहेको विशेष समाचार श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि