४ मंसिर २०७६, बुधबार १७:५१

मालपोत कार्यालय काभ्रेका कुख्यात घुस्याहा नासु रोसकाजी घुस लिँदालिँदै पक्राउ


मिडिया क्लब नेपाल, काभ्रे । मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउलाई २० हजार घुस लिँदालिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
सेवाग्राहीसँग वर्षाैदेखि सुब्बा जस्पाउले घुस लिएर हैरान बनाएका थिए । जस्पाउ पक्राउ परेपछि काभ्रे जिल्लाका सेवाग्राहीहरुले खुशि व्यक्त गरेका छन् ।

बनेपा ९ घर भई विगत ११ वर्षदेखि मालपोत कार्यालय काभ्रेमा कार्यरत उनले तलदेखि माथिसम्म चित्त बुझाउनुपर्छ भन्दै सेवाग्राहीसँग मोटो रकम असुल्ने गर्दथे । जस्पाउले विभिन्न उद्योगहरू, जग्गा प्लटिङमा ठुलो रकम लगानी गरेका छन् । जस्पाउ पैसाकै आडमा विगत ११ वर्षदेखि नै एकै कार्यालय कार्यरत थिए ।
जस्पाउको पक्राउ पछि सेवा लिन मालपोत कार्यालय, काभ्रे आएका सेवाग्राहीहरु खुशी देखिन्थे ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि