४ मंसिर २०७६, बुधबार १८:४४

ओली पाँच वर्षलाई प्रधानमन्त्री ढुक्क, नेकपाको कार्यकारी अध्यक्ष प्रचण्ड


मिडिया क्लब नेपाल, काठमाडौं । सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई अध्यक्षद्वयको जिम्मेवारी बाँडफाड गरेको छ ।
बुधबार बसेको नेकपा सचिवालयको बैठकले एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ भने अर्का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यस कार्यकालभर प्रधानमन्त्री कायमै रहने उल्लेख गरिएको छ ।

जिम्मेवारी बाँडफाँड पछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीको काममा केन्द्रित हुने नेकपाका नेताहरुले बताएको छन् । तर पार्टिको बैठक भने संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो ।
सुरुमा आलोपालो प्रधानमन्त्रीमा जोड दिएका प्रचण्डले पछिल्लो समय भने आफूलाई पार्टीको जिम्मेवारी दिएर पाँच वर्ष सरकार चलाउन ओलीलाई प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि