सिभिल क्यापिटल मार्केटको सिइओमा झनकराज ढुंगेल

मिडिया क्लक नेपाल, काठमाडौं । लामो समय वित्तीय क्षेत्रको अनुभव समेटेका झनकराज ढुंगेल सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकायरी अधिकृत (सिइओ)मा नियुक्त भएका छन् ।
नवनियुक्त ढुंगेलले बैंक र बित्तीय संस्थाकासाथै पूँजी बजारको क्षेत्रमा पनि बितेको २५ बर्षको अनुभव बटुलिसकेका छन् । उनलाई आगामी ४ बर्षका लागि सिभिल क्यापिटलका लागि सिइओमा नियुक्त गरिएको क्यापिटलले जनाएको छ ।
यस अघि ढुंगेलले प्रोग्रेसिभ फाइनान्स, अरनिको बिकास बैंक र एन आइ सी एशिया क्यापिटलमा समेत गरेर ८ बर्ष प्रमुख कार्यकारी अधिकृत भएर सफल भूमिका निर्वाह गरिसकेका छन् ।