१८ मंसिर २०७६, बुधबार १८:१६

लगानीको अवसर जुट्दै, १३ अर्ब बराबरको ऋणपत्र आउँदै


मिडिया क्लब नेपाल, काठमाडौं । नेपाल धितापत्र बोर्डमा करिब १३ अर्ब बराबरको डिभेन्चर (ऋणपत्र) स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । बोर्डकाअनुसार बिभिन्न ७ बैंक तथा वित्तिय संस्थाका १ करोड २९ लाख ५० हजार युनिट अर्थात रू. १२ अर्ब ९५ करोड बराबरको ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।
कुल युनिट मध्ये ५१ लाख ८० हजार युनिट सर्वसाधारणको लागि छुट्टाइएको छ । बाँकी रहेको ७७ लाख ७० जजार युनिट डिभेन्चर निजी प्लेसमेन्टका लागि छुट्टाइएको छ । एक युनिटको मुल्य एक हजार तोकिएको हुन्छ ।
बार्डकाअनुसार कृषि विकास बैंक, सिटिजन बैंक, गुडविल फाइनान्स, नविल बैंक, नेपाल एसबीआई बैंक, आईसीएफसी फाइनान्स र कुमारी बैंकको डिभेन्चर पाइपलाइनमा छ । यी मध्ये कुमारी बैंकले सबैभन्दा ठुलो मात्रामा डिभेन्चर ल्याउन लागेको देखिन्छ । कुमारी बैंकको रू. ३ अर्ब बराबरको डिभेन्चर पाइपलाइनमा देखिन्छ ।
व्याजदरको हकमा बैंक तर्फ कृषि विकास बैंकको धेरै छ । कृषि विकास बैंकले १०.३५ प्रतिशत ब्याजदरमा डिभेन्चर जारी गर्ने बताएको छ । फाइनान्स तर्फभने दुवै कम्पनीले १२÷१२ प्रतिशत व्याज दिने भनेका छन् ।
चालु आवको मौद्रिक नीति अनुसार बैंकहरुले आफ्नो चुक्तापुँजीको २५ प्रतिशत बराबरको अनुपातमा डिभेन्चर निष्काशन गर्नुपर्ने हुन्छ, सोही नीति अनुसार चालु आवमा बैंकहरुले डिभेन्चर जारी गर्न तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि