१८ मंसिर २०७६, बुधबार १९:२१

‘मोदी जी, तपाईलाई कश्मिर चाहिँदा हामीलाई हाम्रै कालापानी, सुस्ता, लिम्पियाधुरा, दार्जिलिङ, सिक्किम, देहरादुन, शिमला फिर्ता चाहिँदैन ?’


मिडिया क्लब नेपाल, काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई खुल्ला पत्र लेख्दै सन् १८१५ को डिसेम्बर २ मा बेलायतको तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारले नेपाल सरकारसमक्ष सुगौली सन्धिको प्रस्ताव पठाएको २०४ वर्ष पुगेको स्मरण गराएका छन् ।
फणिन्द्र नेपालले खुला पत्र लेख्दै भनेका छन् – ‘यति लामो अन्तरालमा टिस्टा नदी र सतलज नदीमा धेरै पानी बगिसकेको छ । जसको साक्षी गङ्गा नदी हुन् भन्ने कुरा यहाँलाई सम्झाउनु नपर्ला ।’

यस्तो छ खुल्ला पत्र –

श्री नरेन्द्र दामोदरदास मोदी जी
प्रणाम ।
इन्डियाका प्रधानमन्त्रीका रूपमा तपाईंलाई सम्बोधन गरी यो पत्र लेख्दै छु ।
सन् १८१५ को डिसेम्बर २ मा बेलायतको तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारले नेपाल सरकारसमक्ष सुगौली सन्धिको प्रस्ताव पठाएको आज २०४ वर्ष पुगेको छ र यति लामो अन्तरालमा टिस्टा नदी र सतलज नदीमा धेरै पानी बगिसकेको छ, जसको साक्षी गङ्गा नदी हुन् भन्ने कुरा यहाँलाई सम्झाउनु नपर्ला ।
इन्डियाको निर्माण भएकै बखत बेलायतबाट स्वतन्त्र भएको नेपाली भूमिमाथि तत्कालीन पूर्वी पाकिस्तान र इन्डियाले थोपरेको औपनिवेशिकता प्रजातन्त्र , स्वतन्त्रता र मानव अधिकारको हनन यस्तो निकृष्ट व्यवहार हो, जसको जति निन्दा गरे पनि थोरै हुन्छ । इन्डिया र पाकिस्तान स्वतन्त्र मुलुकका रूपमा विश्व मानचित्रमा उदाउने अनि नेपालको जमिनमाथिको सूर्य उपनिवेशको डाँडा मा पुगेर अस्ताउने ? मान्यवर मोदीजी , नेपाली मात्रलाई यो कदापि स्वीकार्य छैन । तपाईंलाई कश्मीर चाहिन्छ भने हामीलाई दार्जीलिङ , सिक्किम , देहरादुन र शिमला चाहिन्छ । त्यसैले सन् १९४७ अगस्ट १५ देखि आजसम्म इन्डियाको उपनिवेशमा रहँदै आएको नेपालको करिब ६०००० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जमिन नेपालले फिर्ता पाउनुपर्छ भन्ने माग हामी नेपालीले इन्डियासमक्ष राख्दै आएका छौँ । तर तपाईंहरू यो हाम्रो आवाज नसुनेजस्तो गरिरहनुभएको छ ।
पछिल्लो पटक नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको करिब ४०० वर्ग किलोमिटर जमिन इन्डियाको राजनीतिक नक्सामा तपाईंको नेतृत्वमा भएको छ, यो अत्यन्तै गलत, अमर्यादित र अशोभनीय कुरा हो । त्यसकारण म तपाईंलाई नेपालको कालापानीबाट भारतीय अर्धसैनिक बल फिर्ता लैजान र भारतको नापी कार्यालयले छापेको त्रुटिपूर्ण राजनीतिक नक्सा सच्याउन हार्दिक अनुरोध गर्दछु । साथै नेपाल र इन्डिया मिलेर अगाडि बढेमा मात्रै इन्डियाको भौगोलिक एकता र हित सुरक्षित हुनेछ भन्ने हेक्का राख्न पनि सम्झाउन चाहन्छु ।
तपाईंको शुभेच्छुक,
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौं , नेपाल
डिसेम्बर २, २०१९

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि