२४ मंसिर २०७६, मंगलवार १८:२१

मानव विकास सूचाङ्कमा १८९ देशमध्ये नेपाल १४७ औँ स्थानमा


मिडिया क्लब नेपाल, काठमाडौं । मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा रहेको देखिएको छ । सयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)लेसार्वजनिक गरेको प्रतिवेदनअनुसार १ सय ८९ देशमध्ये नेपाल १४७ औँ स्थानमा देखिएको हो ।
दक्षिण एसियाली देशमा नेपाल र अफगानिस्तान सबैभन्दा पछाडि रहेका छन् ।
मंगलबार सबै प्रदेशसहित अर्थमन्त्री युवराज खतिवडाले एक कार्यक्रमका बीच रिपोर्ट सार्वजनिक गरेका हुन् ।

प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचांक औषतमा ०.५२ प्रतिशतले बढेको छ । त्यस्तै जन्मदरको औषत आयु १६.१, विद्धमान शिक्षाको मध्यम वर्ष २.८ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ ले वृद्धि भएको छ ।
प्रतिवेदन अनुसार दक्षिण एसियाली भेगको मानव विकास निकै उच्च दरले बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि