सागमा नेपालीको खेलाडीले उच्चकोटीको प्रदर्शन गरेको भन्दै पूर्वराजा शाहद्वारा बधाई ज्ञापन

मिडिया क्लब नेपाल, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’मा नेपाली खेलाडीहरुको उच्चकोटीको प्रदर्शनको प्रशंसा गरेका छन् ।
उनले मुलुकलाई दिलाएको सफलताप्रति खेलाडीहरुलाई बधाई ज्ञापन पनि गरेका हुन् । मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले खेलाडीले दिलाएको सफलताले आफु पनि हर्षित बनेको उल्लेख गर्दै नेपालले खेल क्षेत्रमा गरेको विकासका लागि पनि शुभकामना दिएका छन् ।