२८ मंसिर २०७६, शनिबार ११:४२

धनुषा बम विस्फोट : तीनको मृत्यु, तीन घाइते, प्रहरी निरीक्षक दाहालको शव काठमाडौं लगिदै


मिडिया क्लब नेपाल, धरान । धनुषा बम विस्फोटमा मृत्यु भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको शव काठमाडौं लैजाने तयारी भएको छ । महेन्द्रनगर बजारस्थित राजेश्वर साहको घरमा अज्ञात समूहले राखेको बम विस्फोटमा घाइते भएका दाहालको जनकपुरमा उपचार हुन नसकेपछि धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको भएको थियो ।
संखुवासभाको मादी पुर्खौली घर भएका दाहाल पछिल्लो समय काठमाडौंको जोरपाटीमा बसाई सरेका थिए । दाहालको शव परिवारलाई जिम्मा लगाउन हेलिकप्टरबाट काठमाडौं लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । दाहालको शवको पोस्टमार्टम वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको छ । दाहाल सई हुँदा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सुरक्षा गार्ड (पिओसो) थिए।
घटनामा राजेश्वर शाह र उनका छोरा आनन्द शाहको घटनास्थलमै मृत्यु भएको थियो, भने राजेश्वरकी २१ वर्षिय छोरी अञ्जली शाह, १४ वर्षिय छोरा प्रेम शाह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छन् । घाइते तीनैजनाको धनुषामा उपचार सम्भव नभएपछि विपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रतिष्ठानका सहायक प्रवक्ताले जानकारी दिए ।

यसरी राखिएको थियो बम :

शुक्रबार राति १२ बजे राजेश्वरको घरको मुख्य पर्खालबाट भित्र नवनिर्मित घरको बाहिर फलामको गेटमा बम झुन्ड्याइएको थियो । उनकी श्रीमती राति शौचका लागि उठेको बेला ढोकामा केही झुन्डिएको देखेर श्रीमानलाई उठाएर प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुन्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा बम विस्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि