२८ मंसिर २०७६, शनिबार १२:४७

पाइपलाइनबाट तेल आउन थालेपछि नेपाल आयल निगम थप नाफामा


मिडिया क्लब नेपाल, काठमाडौं । पाइपलाइनबाट डिजल आउन थालेपछि नेपाल आयल निगमलाई ढुवानीमा मात्रै होइन डिपोको नोक्सानी समेत राहत मिलेको छ।

अढाई महिना अघि मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन संचालनमा आएपछि तापक्रममा हुने नोक्सानीमा निगमलाई राहत भएको हो । अमलेखगंज डिपोमा पाइपलाइनबाट डिजेल आउन थालेपछि मासिक दुई करोड नोक्सानी घटेको जानकारी दिएको छ ।

निगमले प्रत्येक डिपोलाई विभिन्न प्राविधिक नोक्सानीको लक्ष्य दिएको हुन्छ । डिपोमा तापक्रम नोक्सानी सबैभन्दा ठूलो समस्या हो। १५ वर्ष अघि त्यही अमलेखगंज डिपोमा प्राविधिक नोक्सानी बढी देखाएर डिपो प्रमुखले अनियमितता गरेको भन्दै कारवाही समेत गरेको थियो ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगंजसम्मको ७० किलोमिटर लम्बाईको सो पाइपलाइन गत भदौं २३ गते उद्घाटनमा आएको थियो। यो पाइपलाइन संचालनमा आएपछि नोभेम्बरमा ६९ हजार किलोलिटर डिजल आएको थियो भने डिसेम्बरमा ३० हजार किलोलिटर आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि