४ बैशाख २०७५, मंगलवार ११:४७

स्थानीय तह रोज्न कर्मचारीलाई १५ दिनको समय


काठमाडाैं ।  सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । कर्मचारी अभावमा स्थानीय तहले काम गर्न नसकिरहेका वेला सरकारले मापदण्ड जारी गरेको हो । सरकारले ज्येष्ठताका आधारमा कर्मचारीले रोजेको स्थानीय तहमा कामकाजमा खटाउने जनाएको छ ।

यदि कर्मचारीले रोजेको स्थानीय तह रिक्त नभएमा निजको स्थायी बसोवास भएको ठेगाना वा नागरिकताको प्रमाणपत्रमा रहेको ठेगानाअनुसार कर्मचारी खटाउने मन्त्रालयले जनाएको छ । यस्तै, ज्येष्ठताका आधारमा रोजेको र स्थायी ठेगानाअनुसार कर्मचारी खटाउँदा पनि कुनै स्थानीय तह रिक्त भएमा बाँकी रहेका कर्मचारीलाई जिल्ला र प्रदेशका आधारमा खटाउने भएको छ।

मन्त्रालयले सरुवा मापदण्डअनुसारको स्थानीय तह रोज्न कर्मचारीलाई १५ दिनको समय दिएको छ । अब कर्मचरीले सोमबारको मितिदेखि १५ दिनभित्र कम्तीमा पाँच र बढीमा १५ वटा स्थानीय तह रोजेर निवेदन दिनुपर्ने  शिवराम न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि