अनाथ बालवालिकासँग खुसी बाँड्दै मनास्लु साकोस

मिडिया क्लब नेपाल, काभ्रे । बनेपामा रहेको मनास्लु बचत तथा ऋण सहकारी संस्था लि. ले पनौती नगरपालिका वडा नम्वर ४ मा स्थित ‘ह्यापी चिल्ड्रेन होम’मा रहेका अनाथ बालवालिकासँग वार्षिक उत्सव मनाएको हो ।
मनास्लु बचत तथा ऋण सहकारीले बालवालिकालाई खेलकुद तथा शैक्षिक सामाग्री पनि वितरण गरेको छ । दलित उत्पीडित संघद्धारा सञ्चालित चिल्ड्रेन होममा बाबुआमा नभएका तथा बाबुआमा मध्ये एक नभएका १४ जना अनाथ वालवालिका रहेका छन् । संस्थाका सञ्चालक, पदाधिकारी र कर्मचारी वार्षिक उत्सव मनाउन चिल्ड्रेन होममा नै पुगेका थिए ।
१४ वालवालिका मध्ये सबैभन्दा कम उमेरकी बालिकाबाट वार्षिक उत्सवको केक काटिएको थियो । आर्थिक समृद्धिमा मनास्लुको साथ भन्ने नाराका साथ अघि बढेको संस्थाले हरेक वर्ष रचनात्मक काम गर्दै आएको छ ।
स्थापनाको पहिलो वर्ष मनास्लुले बनेपाका विभिन्न स्थानमा ६० भन्दा बढी डस्टविन राखेको थियो । दोस्रो वर्ष भने हरेक महिनाको अन्तिम शनिवार सरसफाई कार्यक्रम गर्ने निर्णय गर्दै त्यसै अनुसार सरसफाई कार्यक्रम गर्दै आइरहेको छ । आगामी दिनमा समेत यो कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष अजय हुमागाँइले बताएका छन् ।