२७ पुष २०७६, आईतवार १६:१६

‘न्यानो अभियान’ अन्तर्गत गोरखनाथका विद्यार्थीलाई न्यानो कपडा


मिडिया क्लब नेपाल, काभ्रे । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ६ मा रहेको गोरखनाथ आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्विटर र टोपी वितरण गरिएको छ ।

‘न्यानो अभियान’ अन्तर्गत बनेपा रहेको सर्वश्री क्वालिटि प्रिन्टर्सको आयोजनामा विद्यार्थीहरुलाई स्विटर र टोपी वितरण गरिएको सञ्चालिका सर्वश्री अधिकारीले बताउनुभएको छ ।

विद्यालय परिवारले विद्यार्थीहरुलाई सहयोगको लागि अनुरोध गरेपछि ‘न्यानो अभियान’ अन्तर्गत सहयोग गरिएको अभियानकी सञ्चालिका अधिकारीले बताउनुभयो ।

उक्त अभियान अन्र्तगत अभियान्ता अधिकारी लगायत अन्य व्यक्तिको सहभागितामा यसअघि धनुषा जिल्लाको मुसहर बस्तीमा १८० वटा ब्ल्याङ्केट र बर्दिया जिल्लाको सुकुम्बासी बस्तीमा १८० वटा ब्ल्याङ्केटसहित २ सय १५ वटा ज्याकेट वितरण गरिसकिएको बताइएको छ ।

निम्न आयस्तर भएका समुदायका विद्यार्थीहरुले न्यानो स्विटर पाएपछि खुशी भएका थिए, ‘न्यानो अभियान’ अन्तर्गत स्विटर र टोपी पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने विद्यालय प्रशासनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि