१४ माघ २०७६, मंगलवार १५:११

तालाबन्दीको चपेटामा काठमाडौं विश्वविद्यालय, २८ दिनेदेखि लगाइएको ताला आंशिक रुपमा खुलाइयो


फाइल तस्बिर/मिडिया क्लब नेपाल

दीपक तिमल्सिना, मिडिया क्लब नेपाल । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा २८ दिनदेखि लगाइएको ताला आंशिक रुपमा खुलाइएको छ ।

विश्वविद्यालयको केन्द्रीय हातामा लगाइएको तालामध्ये उपकुलपति, रजिष्ट्रार र डीन कार्यालय बाहेक सबै खुलाइएको केयू प्राध्यापक संघका महासचिव डा. विकास अधिकारीले जानकारी दिनुभयो ।

विश्वविद्यालयमा पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल टे«निङ सेन्टर (टिटिसी) प्रशाकीय भवनलगायत मुख्य प्रशासनिक भवन तथा विभिन्न सङ्कायको कक्षामा तालाबन्दी भएको थियो ।

केयू प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले संयुक्त रुपमा विभिन्न माग राख्दै ताला लगाएको थियो । १३ गते बालुवाटारमा बसेको सभामा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘पठनपाठन समेत रोक्नु अपराध जस्तै हो, केयूको समस्याबारे पछि छलफल गरौंला’ भनेपछि आन्दोलनरत पक्षले आंशिक रुपमा तालाबन्दी खोलेका हुन् ।

विश्वविद्यालयको १३ गते बसेको सभा अगामी २१ गते बस्ने गरी स्थगित भएको थियो ।
उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयमा अझै पनि तालाबन्दी नै छ, २१ गते बस्ने सभामा आन्दोलनरत पक्षको मागहरुको सकारात्मक सम्बोधन भएमा मात्र तालाबन्दी खोल्ने केयू प्राध्यापक संघका महासचिवले बताउनुभएको छ ।

१३ गते बसेको सभामा केयू प्राध्यापक संघ र केयू कर्मचारी संघका प्रतिनीधिलाई जर्बजस्त बाहिर पठाएको भन्दै सम्बन्धित संघले आपत्ति जनाएका छन् ।
केयू प्राध्यापक संघ र केयू कर्मचारी संघले गत साउन २३ गतेदेखि विभिन्न माग राख्दै पटक–पटक आन्दोलन तथा तालाबन्दी गर्दै आएका छन् ।

दुई संघ काठमाडौँ विश्वविद्यालय ऐन–२०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सहभागितामा संशोधन गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको आर्थिक तथा नीतिगत भ्रष्टाचारको अन्त गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्ति–विकास गर्नुपर्ने जस्ता मागहरु राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि