१५ माघ २०७६, बुधबार १६:१३

शीर्ष स्थानमा रहने होडमा लिभरपुल


एएफपी, लन्डन । लिभरपुलको काम उस्तै छ । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहन टोलीले त्यसमै ध्यान केन्द्रित गर्दै छ । अरू टिम भने धेरै पछाडि छन् । लिभरपुलले लगातार १५ औं जितको प्रयासमा बुधबार राति लन्डन स्टेडियमको भ्रमणमा निस्कने छ । टोलीले सामना गर्नेछ वेस्ट ह्यामको । यसअघि सारिएको खेल अब हुन लागेको हो । यसबीच लिभरपुल भने आफ्नो क्लब इतिहासमै सबैभन्दा उत्कृष्ट समयबाट गुज्रिइरहेको छ ।

लिभरपुलले यस सिजनका २३ खेलमध्ये २२ मा जित निकालेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा १६ अंकले अगाडि छ । डिफेन्डिङ च्याम्पियन रहेको सिटीकै नाममा लगातार १८ लिग जितको कीर्तिमान छ । यसलाई तोड्न सबैभन्दा बलियो प्रत्याशी मर्सिसाइड क्लब नै रहेको छ । उल्भसमाथि प्राप्त २–१ को जितयता लिभरपुल लिगमा लगातार ४० खेलयता अपराजित छ । ‘अहिले मेरो ध्यान लिग उपाधिमा पक्कै पनि छैन,’ व्यवस्थापक योर्गन क्लोपले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि