२४ जेष्ठ २०८०, बुधबार / Wed Jun 7, 2023

दोलखाको चरिकोटमा रहेको एनसेल टावरमा आगजनी


तस्बिर/मिडिया क्लब नेपाल

मिडिया क्लब नेपाल, दोलखा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ३, चरिकोट (चरिघ्याङ) मा रहेको एनसेल टावरमा आगजनी भएको छ ।

एनसेल टावरको बिटिएस क्याबिनेट बक्सभित्र रहेको १२ भोल्टको ब्याट्रि ८ थान, पावर प्लान र केवल तार अज्ञात समुहले जलाएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जानकारी दिएको छ ।
हिजो राति भएको उक्त घटनामा कुन समुहको संलग्नता रहेको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दोलखाले बताएको छ ।

पछिल्लो समय विप्लव समुहले देशका विभिन्न भागमा रहेका एनसेल टावरलाई निशाना बनाई बिस्फोट गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि