२ असार २०७७, मंगलवार १९:१४

सर्वाेच्चको आदेश : विदेशबाट उद्धार गरी ल्याइने नागरिकसँग भाडा नलिनु


फाइल तस्बिर/मिडिया क्लब नेपाल

मिडिया क्लब नेपाल, काठमाडौं । वैदेशिक रोजगारी लगायत विविध कारणले विदेशमा पुगेका नागरिकलाई कोभिड–१९ कारण उद्धार गर्दा ऊनीहरुबाट हवाई भाडा नलिन सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले विदेशमा अप्ठेरोमा परेका कामदारलाई सरकारी कोषबाटै उद्धार गर्न आदेश दिएको हो ।
सरकारले विभिन्न देशबाट तत्काल २४ हजार नागरिकलाई उद्धार गरी ल्याउने र उनीहरुबाट लिने भाडासमेत सरकारले सार्वजनिक गरेपछि त्यसका विरुद्ध अधिवक्ता सोमप्रसाद लुइँटेलसहित चारजनाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारी कोषबाटै उद्धार गर्न आदेश दिएको हो ।
सरकारले गत जेठ १२ गते ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश २०७७’ जारी गरेको थियो ।
आदेशमा अन्य स्रोतबाट खर्च नव्यहोरिने नेपालीको स्वदेश फर्किने खर्च आफैंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि वैशाख २ गते पनि सर्वाेच्चले अलपत्र परेका आफ्ना नागरिकलाई तत्काल उद्धार गरी ल्याउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि