२ असार २०७७, मंगलवार १९:२९

लकडाउन अवधीमा ६.१ प्रतिशतले घट्यो रेमिट्यान्स


मिडिया क्लब नेपाल, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेको छ । यसै अवधिमा ६ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । कोभिड–१९ ले विश्वस्तरमै असर गर्दा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्सको वृद्धिदर ऋणात्मक देखिएको हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।
समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६।८ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिमा २४।६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो ।
समिक्षा अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई ७ खर्ब ७२ अर्ब कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो। लकडाउन सुरु हुनुभन्दा अगाडि नेपालमा ८ खर्ब ९२ अर्ब रुपैया रेमिट्यान्स भित्रिएको थियो । नेपालमा पूर्ण लकडाउनकै अवधिमा ८८ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि