२ असार २०७७, मंगलवार १९:४१

मंगलबार ३८० जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६५९१ पुग्यो


मिडिया क्लब नेपाल, काठमाडौं । आज मंगलबार पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना उपचार पछि निको भएका छन् ।
मन्त्रालयका अनुसार आज मंगलबार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, अर्घाखाँची र बर्दियाका ९/९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४/४ जना, नवलपुर, कास्की, सप्तरीका ३/३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २/२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरका क्वारेन्टिनमा जम्मा एक लाख ३७ हजार १४९ जना छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि