३ असार २०७७, बुधबार १९:०५

मेडिकल सामाग्री खरिदमा रक्षामन्त्री हाबी भएपछि बाहिरियो सेना


मिडिया क्लब नेपाल, काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामाग्रीमा लगातार अनियमितताको चंगुलमा फसेको छ ।
कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै जिटुजीमार्फत नेपाली सेनाले चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा एक अर्ब रूपैयाँभन्दा बढी अनियमितता भएको विषय खुलासा भयो । यो खुलासासँगै संगठन बदनाम भएको भन्दै सेना मेडिकल सामान खरिदको प्रक्रियाबाट भने बाहिरिएको छ ।

यस अघि नै ओम्नीमार्फत स्वास्थ्य सेवा विभागले मेडिकल सामग्री खरिद गर्दा भएको अनियमितता सार्वजनिक भएपछि रक्षामन्त्री ईश्वर पोखरेलले खरिदको जिम्मा नेपाली सेनालाई दिएका थिए । विभागीय मन्त्रीको निर्णयअनुसार सेनाले खरिद गरेर ल्याएको सामानको मूल्य उच्च भएको सार्वजनिक भयो । सैनिक नेतृत्व रक्षामन्त्री ईश्वर पोखरेलले फसाएको निष्कर्षमा पुगेको समाचार श्रोतको दाबी छ ।

मन्त्रिपरिषद्बाट खरिदको जिम्मा नेपाली सेनाले पाए पनि खरिद प्रक्रियामा रक्षामन्त्री पोखरेल हाबी भएका थिए । पोखरेलको निर्देशनअनुसार खरिद सम्झौता गरेर ल्याइएको मेडिकल सामग्री यस अगाडि ओम्नीमार्फत किनिएका र विभागले खरिद गरेको सामग्रीको मूल्यभन्दा तीन गुणासम्म बढी भएको खुलेपछि संगठन विवादमा तानिएको थियो ।

सेनाले चीनबाट जिटुजीमार्फत ६७ वटा शीर्षकमा विभिन्न प्रकारका मेडिकल सामग्री खरिद गरी नेपाल ल्याएको थियो । सेनाले चीनसँग वैशाखको पहिलो साता सम्झौता गर्दै जेठ ३ गते पहिलोपटक स्थलमार्ग हुँदै मेडिकल सामग्री नेपाल ल्याएको थियो । साथै सेनाले नेपाल एयरलाइन्सको जहाजमार्फत पनि दुई पटक मेडिकल सामग्री नेपाल ल्याइसकेको छ ।
तर, सेनाले जिटुजीमार्फत मेडिकल सामग्री ल्याउँदा अहिले नेपाली बजारमा पाइने मूल्यभन्दा तेब्बरसम्म बढी मूल्यमा खरिद गरेको खुलेको छ । नेपाली सेना भने रक्षामन्त्रीले फसाएको भन्दै आरोप लगाइरहेको छ ।
अनियमितता भएको छैन भन्ने प्रमाण लुकाउन कतिपय सामग्री सस्तोमा पनि खरिद गरेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि