११ असार २०७७, बिहीबार १८:५०

प्रतिनीधि सभाको विकास तथा प्रविधि समितिको निर्देशन : यातायात व्यवसायीलाई सहुलियत दिनु


मिडिया क्लब नेपाल, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सार्वजनिक यातायात व्यवसायीलाई सहुलियत दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
स्मार्ट लाइसेन्स र यातायात व्यवस्थापन सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना भाइरसका कारण समस्यामा परेका यातायात व्यवसायीहरुलाई राहत तथा सहुलियत उपलब्ध गराउन निर्देशन दिएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले कोभिड–१९ को प्रभावका कारण सिर्जित समस्याले लगानी डुब्ने खतरा बढेकोले व्यवसायीहरुलाई सहुलियत प्रदान गर्न, बैंक ऋणको पुर्नतालिकिकरण गर्न र पुर्नकर्जा उपलब्ध गराउने विषयमा नीतिगत व्यवस्था गरी कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको बताइन् ।
समितिले यातायात व्यवस्था विभागमा जनशक्ति अप्रयाप्त भई कामको चापलाई समयमै सम्पन्न गर्न कठिनाई भएकाले विभागको गठन तथा व्यवस्थापन सर्भे गरी आवश्यक परिपूर्ति गर्ने कामलाई तत्काल अगाडि बढाउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै काठमाडौं उपत्यका सहित प्रमुख सहरहरुमा प्रवेश गर्ने सवारी साधनलाई धुलोमुक्त गरेर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको सभापति खड्काले बताइन् ।

समितिले यातायात क्षेत्रको व्यवस्थापनमा नीतिगत स्थिरता कायम गर्न राज्यका तीनवटै तहका सरकारबीच समन्वय गरी राष्ट्रिय नीति तयार गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि