२० असार २०७७, शनिबार १९:२९

मण्डनदेउपुरमा मारवाडि सेवा समितिद्वारा कोरोना प्रतिरोधी औषधी वितरण


तस्बिर/मिडिया क्बल नेपाल

मिडिया क्लब नेपाल, काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेशी चोकमा मारवाडि सेवा समितिको सौजन्यमा ARSENICUM ALBUM 30C रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथिक औषधी निःशुल्क वितरण गरिएको छ ।

मण्डनदेउपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष नारायणप्रसाद लम्साल, समाजसेवी बद्रिप्रसाद लम्साल, वडा सदस्य भिमलाल श्रेष्ठ, समाजसेवी नारायण पौडेल, नारायणबहादुर विष्ट, नारायण ढकाल, रमेश तिमल्सिना लगायतको उपस्थितिमा मिडिया क्लब नेपालका अध्यक्ष तथा समाजसेवी श्यामकृष्ण लम्सालको संयोजनमा ४५० घरपरिवारका लागि औषधी वितरण गरेको हो ।

समाजसेवी श्यामकृष्ण लम्सालले यसअघि पनि विभिन्न सामाजिक कामहरू गर्दै आउनुभएको छ । मण्डनदेउपुर नगरपालिकाका जनताले उक्त औषधीको व्यापक माग गरेकाले मारवाडी सेवा समितिको संयोजनामा नगर क्षेत्रभित्रका सबै जनतालाई टोलटोलमा नै औषधी उपलब्ध गराउने समाजसेवी लम्सालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि