सिन्धुपाल्चोक बाढीको बितण्डा : मृतकका परिवारलाई १ लाख दिने प्रदेश सरकारको घोषणा

मिडिया क्लब नेपाल, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकामा गएको बाढीमा परी मृत्युु हुनेका परिवारलाई बागमती प्रदेश सरकारले तत्काल १ लाख उपलब्ध गराउने भएको छ ।
बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरूण नेपालद्वारा जारी विज्ञप्तिमा मृतक परिवारलाई प्रदेश सरकारबाट तत्काल प्रति मृतक १ लाख राहत उपलब्ध गराउने जनाइएको हो । विज्ञप्तीमा थप जोखिम हुन नदिन भू–संरक्षणको काम तत्काल अघि बढाइने, अरनिको राजमार्गको बाह्रबिसे तातोपानी खण्ड सुचारु गर्न तत्काल सडक मर्मतको काम अघि बढाइने उल्लेख गरिएको छ।