नेपालमा पुनः सलहको प्रवेश, किसान चिन्तित

मिडिया क्लब नेपाल । दाङमा भारतबाट सलहको ठूलो समूह भित्रिएको छ । भारतसँग जोडिएको कोइलाबास हुँदै सलहको ठूलो समूह नेपालतर्फ छिरेको हो ।
आइतवार छिरेको सलहको उक्त समूहले राप्ती गाउँपालिका र गढवा गाउँपालिका–२ का कृषकले लगाएको बालीमा क्षति पु¥याएको छ ।
कोइलाबास नाकाबाट पसेको सलहको झुण्डले दुईवटा गाउँपालिकामा क्षति गरेको खबर आएको छ । कृषकहरूले ठूलो आवाजमा टिन बजाएर र अन्य उपाय लगाएर भगाएका छन् । यी दुई गाउँपालिकाबाट भगाएपछि सलहको समूह पहाडी भेगतिर लागेको छ। दाङका पहाडी क्षेत्रतर्फ लागेको सलहको समूह प्युठानसम्म पुगेको अनुमान गरिएको छ । स्थानीय कृषकहरूका अनुसार त्यहाँबाट लखेट्न सकिएकाले ठूलो क्षति गर्न पाएन । कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहको यो समूह भारतबाट आजै छिरेको हो ।
कृषकहरूले करोडको समूहमा आएको हुन सक्ने जानकारी दिएका छन् । सलहको नयाँ समूह पसेको जानकारी पाएपछि कृषि प्राविधिकहरुको टोली फिल्डमै रहेको उनले बताए ।