६ श्रावण २०७७, मंगलवार १८:२२

साउन ८ गतेदेखि देशभरका सार्वजनिक यातायात चल्ने


मिडिया क्लब नेपाल, काठमाडौं । साउन ८ गतेदेखि देशभरका यातायात व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् ।
मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
यातायात व्यवस्था विभागसँग ५०÷५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमति भएको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । यातायात मजदुरलाई स्वास्थ्य सुरक्षाको लागि पिपिई, मास्क तथा स्यानिटाइजर व्यवसायीले उपलब्ध गराउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि