६ श्रावण २०७७, मंगलवार १८:३९

मण्डनदेउपुरका एक युवामा कोरोना संक्रमण पुष्टि, स्थानीय त्रसित


मिडिया क्लब नेपाल, काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ का २९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमित युवा जिल्लाकै धुलिखेल अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छन् ।
संक्रमित युवा मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टाइन स्थलमा भान्सेको काम गर्दै आएका थिए ।
केही समयअघि क्वारेन्टाइनमा बसेका युवाहरुले क्वारेन्टाइन स्थल अव्यवस्थित भएको भन्दै विरोध जनाएका थिए । क्वारेन्टाइन स्थलमा एउटै कोठामा धेरै जना राखेको लगायत अन्य कुराहरु पनि अव्यवस्थित भएको भन्दै मिडिया क्लब नेपालका प्रतिनीधिलाई जानकारी गराएका थिए । तर नगरपालिकाले भने ‘देशकै उत्कृष्ट तथा सुविधासम्पन्न क्वारेन्टाइन स्थल हो’ भन्दै प्रचारप्रसार गराएको थियो ।
हाल स्थानीय युवाहरु नगरपालिकाको लापरवाहीले गर्दा स्थानीयमा संक्रमण बढ्ने भन्दै आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि