१६ श्रावण २०७७, शुक्रबार १७:४८

विराटनगरमा समुदायमा कोरोना, २ हप्ता लकडाउन गर्ने घोषणा


मिडिया क्लब नेपाल, मोरङ । मोरङ जिल्लाको विराटनगर महानगरपालिकाले पुनः लकडाउनको घोषणा गरेको छ ।
कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि महानगरपालिकाले १४ दिन लामो लकडाउन घोषणा गरेको हो । विराटनगर महानगरपालिका क्षेत्रमा भोलि शनिबारदेखि लकडाउन गरिने भएको हो । कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।
जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १४ दिन लामो लकडाउन गर्ने निर्णय गरेको हो । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालय, विराट अस्पताल, कोसी अस्पतालसहित अन्य ठाउँमा दर्जनौं कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि