१६ श्रावण २०७७, शुक्रबार १८:५४

कोरोना संक्रमितमा कडा लक्षण, पुनः लकडाउन गर्न सुझाव


मिडिया क्लब नेपाल, काठमाडौं । नेपालमा भेटिएका कोरोना संक्रमितहरुमा कोभिड–१९ को कडा लक्षण देखिन थालेको छ ।
नेपालमा साउन ७ गतेदेखि लकडाउन हटाइएको थियो । लकडाउन हटाएयता १४ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् । संक्रमितमा कडा खालका लक्षण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः लकडाउन गर्न सुझाव दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणसहितका संक्रमित बढ्न थालेपछि गत साउन ११ गते नै गृह मन्त्रालयलाई पत्र पठाएको हो । मन्त्रालयले तत्कालै जोरबिजोर प्रणाली सुरु गरेर यातायातको साधन चलाउन भनेको छ । नाकामा कडाइ गर्न पनि भनिएको जनाएको छ । गृहमन्त्रालयले बिहीबारै काठमाडौं भित्रिने नाकाबाट राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश निषेध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि