लकडाउनको मोडालिटि परिवर्तन, अब देशव्यापी लकडाउन नहुने

मिडिया क्लब नेपाल, काठमाडौं । गत वर्षको चैत ११ गतेदेखि देशभरि लगाइएको लकडाउन साउन ७ गतेदेखि खुकुलो बनाइएको छ । देशव्यापी लकडाउन अहिले हटाइएको छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि कतै फेरि लागु हुने त होइन भन्ने जिज्ञासा आम जनतामा छ, यो जिज्ञासाको जवाफमा बिहीवार अर्थ मन्त्री समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले अहिले सरकारले त्यस्तो नसोचेको बताएका छन् ।
मानसिक, शारीरिक स्वास्थ्य साथसाथै आर्थिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण भएकाले सबैजनाले स्वास्थ्य मापदण्ड पालना गरिदिएमा असहज स्थिति नआउने मन्त्री खतिवडाले बताए ।
साथै स्थानीय स्थिति हेरेर अहिलेपनि दुई दर्जनजति स्थानीय तहमा विभिन्न किसिमको लकडाउन कायम राखेका छन् । मन्त्री खतिवडाका अनुसार अब आगामी दिनमा पनि परिस्थिति हेरेर स्थानीय तहले नै लकडाउन गर्न सक्नेछन् ।