बैंकहरुमा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्न सरकारको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्नु पर्ने भएको छ । मंगलबार सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा.युवराज खतिवडाले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै यो कुरा जानकारी दिएका हुन् ।
खतिवडाले कोरोनाको संक्रमण दर झन बढ्दै गएकोले ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था गर्नु पर्ने बताएका हुन् ।
सरकारका प्रबक्ता खतिवडाले यसका लागि सम्बन्धित कार्यालय प्रमुखले व्यवस्था मिलाउनु पर्ने प्रष्ट पारे । उनले बढी भिडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुले विद्युतिय माध्यमलाई बढी प्राथमिकता दिई काम गर्नु पर्ने बताएका छन् ।