१४ भाद्र २०७७, आईतवार १६:३७

नमोबुद्ध नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र अपाङ्गता भएका व्यक्तिको कोरोना बिमा गर्ने


मिडिया क्लब नेपाल, काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले अपांगता भएका २३५ र ८१ ज्ना स्वास्थ्य स्वयंसेविकाको कोरोना बिमा गर्ने भएको छ ।

आइतबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाबाट अपांगता परिचयपत्र वितरण गरेका व्यक्तिहरुमध्ये रातो र निलो परिचयपत्र प्राप्त गरेका व्यक्ति र नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाको कोरोना बिमा गर्ने निर्णय गरेको नगरप्रमुख टि.पी. शर्मा तिमल्सिनाले जानकारी दिएका छन् ।

नगरपालिकामा रातो अपांगता परिचयपत्र पाउने ९० जना र निलो परिचयपत्र पाउने १ सय ४५ जना रहेका छन् । हाल नगरपालिकामा ८१ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि