‘नेपाल लाइफ इन्स्योरेन्स’को कार्यवाहक सिइओ “सन्तोष प्रसाई”

मिडिया क्लब नेपाल, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।
प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल सकिएपछि उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईंले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् । असार ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो ।
सन्तोष प्रसाईं विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्ष काम गरेका थिए ।