१५ भाद्र २०७७, सोमबार ११:२६

“रुस, इन्डोनेसिया र फिनल्याण्डसँग हवाई सम्झौता”


मिडिया क्लब नेपाल, काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले मंगलबारदेखि हुन लागेको नियमित उडान गर्ने वायुसेवा कम्पनीलाई चर्काे भाडा नलिन निर्देशन दिने भएको छ । ‘कोभिड–१९ को महामारी पूर्वनियमित अवस्थामा लिने हवाई भाडादरभन्दा बढी नलिन सबै वायुसेवा निगमहरूसँग समन्वय गर्ने,’ भनि बैठकपछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई समेतको उपस्थिति रहेको बैठकले हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र उद्धारलगायत विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि