१८ भाद्र २०७७, बिहीबार १६:००

लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल


मिडिया क्लब नेपाल, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको बुधबारको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन) बाट अध्यक्ष पदको शपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको पदबाट सेवानिवृत्त नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषका तर्फबाट २०७५ फागुनदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि