२ आश्विन २०७७, शुक्रबार १६:४६

रगत अभावलाई मध्यनजर गर्दै अखिल (क्रान्तिकारी) झापाद्वारा रक्तदान


मिडिया क्लब नेपाल झापा । देशभर भएको रगत अभावलाई मध्यनजर गर्दै नेत्र विक्रम चन्द –विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाले जिल्लाको दमक नगरपालिका स्थित आम्दा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आज शुक्रबार अखिल (क्रान्तिकारी) जिल्ला समिति झापाले कार्यक्रम आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक कुमारले जानकारी दिए ।
विश्वव्यापी कोरोना महामारी कोभिड–१९का कारण झापा लगायत देशभर रगतको अभावलाई मध्यनजर गर्दै सङ्गठनको केन्द्रीय निर्देशन अनुसार रक्तदान गरिएको सङ्गठनले जनाएको छ ।

यस्तो जटिल परिस्थितिमा रगतको अभाव भएर कुनै बिरामीको अकालमै ज्यान नजाओस् र सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक कुमारले बताए । उनले आगामी दिनमा पनि सङ्गठनले विभिन्न खालका सामाजिक, सेवामूलक तथा रचनात्मक काम निरन्तर गर्दै जाने पनि बताएका छन् ।

रक्तदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी झापा र अखिल (क्रान्तिकारी) का गरी २५ जनाको सहभागिता रहेको संयोजक कुमारले बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि