५ आश्विन २०७७, सोमबार १८:५१

माछापुच्छ्रे बैंकले १०.४% लाभांस वितरण गर्ने


मिडिया क्लब नेपाल, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको आज बसेको संचालक समितिको बैठकले गत आव (२०७६÷७७) को खुद मुनाफाबाट आफ्ना शेयरधनीलाई चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश अन्तर्गत बैंकले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (करसहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गर्नेसमेत निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । चुक्ता पूँजी ८ अर्ब ४५ करोड ८४ लाख रहको माछापुच्छ्रे बैंकको साधारण जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ संचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि