१७ आश्विन २०७७, शनिबार १८:३०

प्रधानमन्त्री निवासका सल्लाहकारदेखि सुरक्षाकर्मीसम्म कोरोना संक्रमण


मिडिया क्लब नेपाल, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण व्यापक देखिएको छ । प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिव सहित सुरक्षामा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको छ ।
अरु केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि