१७ आश्विन २०७७, शनिबार १८:५१

जोखिम व्यवस्थापनका लागि एडिबीको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’


मिडिया क्लब नेपाल, काठमाडौं । कोरोनाको महामारीमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित सबै विकास परियोजना सुरक्षित सञ्चालन भइरहेका छन् । कोभिडको जोखिम व्यवस्थापनका लागि स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) लागू गरेर विकास परियोजनालाई अगाडि बढाइएको एडीबीले जनाएको छ ।
बैंकले शतप्रतिशत लगानी रहेका विकास परियोजनामा एसओपी लागू गरेर निर्माण कार्यलाई अगाडि बढाइएको जनाएको छ। एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको एडीबीको दाबी छ ।

अन्य स्रोतबाट सञ्चालित अधिकांश विकास परियोजना प्रभावित छन् । एडीबीले मे महिनादेखि एसओपी अपनाएर आयोजना कार्यान्वयन गर्न निकायलाई परिपत्र गरेको थियो। मार्चमा लकडाउन सुरु भएपछि कोभिडका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाइएको बैंकले जनाएको छ ।
कार्यस्थलको व्यवस्थापन र कर्मचारीको स्वास्थ्यलाई विशेष ध्यान दिइएको बताइएको छ ।
त्यसैगरी निर्माण कार्य सञ्चालन गर्दा अपनाइने कार्यविधिमा कामदारको व्यवस्थापन, प्रवेशद्वारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलीकरण, सामान लोड–अनलोड गर्ने तरिका, पीपीईको प्रयोग एवं कामदार बस्ने शिविरको उचित व्यवस्थापन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि