१९ आश्विन २०७७, सोमबार १३:४६

सत्याग्रही डा. गोविन्द केसीको मागप्रति सरकार अनुदार


मिडिया क्लब नेपाल, काठमाडौं । व्यापक अनियमितता हुने चिकित्सा शिक्षा क्षेत्रमा सुधारका माग राख्दै पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीको १९ औँ सत्याग्रह जारी छ ।
डा. केसीले विगतमा आफूसँग भएका सहमतिअनुसार प्रदेश स्तरमा खुलेका चिकित्सा अध्ययन संस्थानहरूमा स्रोतसाधन र जनशक्ति पु¥याएर एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रक्रिया थालिनुपर्ने जस्ता विभिन्न माग राखेका छन् ।
कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग जुझिरहेका अवस्थामा नेपालमा उनका माग अझ बढी सान्दर्भिक देखिएको नागरिक समाजका अगुवाका साथै कैयौँ सर्वसाधारणहरूको भनाइ छ ।
विगतमा वार्ता टोली गठन गरेर अनशन भङ्ग गराउन पहल गर्ने सरकारले यस वर्ष भने डा. केसीलाई सत्याग्रहबाट पछि हट्न आग्रह मात्रै गरेको अवस्था छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी भने यस विषयमा मौन छ । मुख्य प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भने डा. केसीप्रति सहमति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि