२० आश्विन २०७७, मंगलवार १५:३५

हुम्लाको लिमीमा खाद्य र आर्थिक संकट


मिडिया क्लब नेपाल, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वले नै आर्थिक संकटको सामना गर्दै आएको छ । नेपाल पनि त्यसबाट अछुतो रहेको छैन । नेपालको पश्चिमी जिल्ला हुम्लाको उत्तरी गाउँपालिका लिमीका बासिन्दालाई कोरोनाका कारण आर्थिक तथा खाद्यान्नको संकट भएको छ ।
कोरोना संक्रमणको कारण अन्तर्राष्ट्रिय नाका बन्द भएपछि स्थानीय बासिन्दा समस्यामा परेका हन् । चीनको पुराङ्ग काउण्टीको ताक्लाकोट र त्यसको आसपासका क्षेत्रमा दैनिक मजदुरी गरेर आर्थिक उपार्जन गर्ने लिमीबासीको रोजगारी गत चैत महिनादेखि गुमेको छ ।
रोजगारीका लागि दैनिक ज्याला मजदुरी, निर्माणको काममा लिमीका स्थानीयले हरेक वर्ष काम गरेर ४ देखि १० लाखसम्म आम्दानी गरेर घर खर्च गर्ने गरेको भएपनि यो वर्ष काम नहुँदा घर खर्च टार्न समस्या भएको त्यस ठाउँका स्थानीयहरुले गुनासो गरेका छन् ।
चीनसँगको नेपाल जोडिने हिल्सा नाका, लिमी लाप्चाको नाका सिल हुँदा खाद्यान्न समेत संकट परेको छ । यहाँ पाक्ने उवा, जौ एक बाली २ महिना पनि खान नपुग्ने भएकाले लिमीवासीले चीनबाट खाध्यान्न ल्याउने गरेका थिए । तर यो वर्ष खाद्यलगायत अन्य दैनिक उपभोग्य सामान नाकाबाट भि†याउन नपाउँदा अब के खाने भन्ने समस्या भएको स्थानीयले बताएका छन् ।
नेपाल खाद्य संस्थान, सिमकोट डिपोबाट वडा भागको रुपमा प्राप्त गरेको सीमित चामलले लिमीका बासिन्दालाई नपुग्ने भएपछि लिमीका ३ वटा गाउँ जाङ्ग, हल्जी र तिलका ६१ घरधुरी चिन्तामा छन् । लकडाउनका कारण अन्यत्र भएका आफन्त समेत घर फर्किएकाले खाद्यान्न र आर्थिक संकट थपिएको छ । कामको शिलशिलामा काठमाडौं लगायत अन्य शहरमा भएका घर परिवार लिमीमा फर्किएपछि अझ समस्या विकराल भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि