२० आश्विन २०७७, मंगलवार १७:४२

काभ्रेमा कोरोनाको जोखिम बढ्दै, आज थपिए ५६ नयाँ संक्रमित


मिडिया क्लब नेपाल, काभ्रे । राजधानी नजिकैको जिल्ला काभ्रेमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकअनुसार संक्रमित दिनानुदिन बढिरहेका छन् ।
मंगलबार मात्रै ५६ जना नयाँ संक्रमित थपिएका छन् । धुलिखेल नगरपालिकामा १७ जना, पनौती नगरपालिकामा २ जना, पाँचखाल नगरपालिकामा २ जना, मण्डनदेउपुर नगरपालिकामा १ जना, नमोबुद्ध नगरपालिकामा १८ जना, भुम्लु गाउँपालिकामा १ जना र बनेपा नगरपालिकामा १५ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस सँगै जिल्लामा कुल संक्रमितको संख्या ८२४ पुगेको छ ।
आजै ६९ जना संक्रमित कोरोना भाइरसमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि