२० आश्विन २०७७, मंगलवार १८:००

पछिल्लो २४ घण्टामा थपिए १५५१ नयाँ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १०१७ जना


मिडिया क्लब नेपाल, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ महिला र ५ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । आज काठमाडौं उपतयकामा मात्रै २ पुरुष सहित ५ जनाको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि