२० आश्विन २०७७, मंगलवार १८:१२

सोमबार खुलेको तातोपानी नाका मंगलबारबाटै बन्द


मिडिया क्लब नेपाल, सिन्धुपाल्चोक । गत सोमबार खुलाइएको तातोपानी नाका भन्सारमा कार्यरत तीन मजदुरमा मंगलबार चीन क्षेत्रमा कोरोना पुष्टि भएपछि मंगलबार पुनः बन्द भएको छ । चीनतर्फ सामाग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दा स्वाब संकलन गरिएकोमा अहिलेसम्म ७ जनामा संक्रमण देखिएको बताइएको छ ।
सीमाक्षेत्रका चार संक्रमित मजदुरको ‘कन्ट्याक्ट ट्रेसिङ’ र उपचार नसकिँदै मंगलबार ३ जनामा कोरोना पोजिटिभ देखिएपछि चीनले वारीपारी कन्टेनर आउजाउ गर्न दिएको छैन ।
हल ठप्प गरिएको तातोपानी नाका ‘नयाँ मोडालिटी’मा गएर सहज बनाइने बताइएको छ ।
गएको १३ असोजमा नेपाल चीन अधिकारीबीच मितेरी पुलको छलफलले कोरोना भाइरस नियन्त्रण गर्ने र प्राकृतिक विपतबाट बच्ने साइरन राख्नेजस्ता शर्तमा तातोपानी नाका खुलाउने सहमति भएको थियो ।
यसअघि चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड सामाग्री दसैंैअघि राजधानी र्पुयाउने लक्ष्य राखेर नाका सञ्चालनमा ल्याइएको थियो । आइतबार बेलुकीदेखि सोमबार बिहानसम्म चीनको खासाबाट १२ वटा कन्टेनरबाट लत्ता कपडा, गार्मेट सामग्रीसहित केही तयारी सामाग्री तातोपानी भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि