२१ आश्विन २०७७, बुधबार १७:५५

विप्लव नेकपाले शैन्य शक्ति प्रदर्शन गर्ने भन्ने समाचार भ्रामक


मिडिया क्लब नेपाल, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले स्थापना दिवसको अवसरमा सैन्य शक्ति प्रदर्शन गर्ने भएको छ ।
आगामी मंसिर ८ गते नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । समाचार श्रोतले दिएको जानकारी अनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् ।
पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरकोटलगायत जिल्लामा प्रशिक्षण सम्पन्न गरेर टोली डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पा पुगेको थियो ।
केन्द्रीय सैन्य कमाण्डर उदय चलाउनेको प्रमुख उपस्थितिमा प्रशिक्षण चलेको बताइएको छ । यसै साता जाजरकोटको नलगाड नगरपालिका र कुशे क्षेत्रमा प्रशिक्षण दिएर टोली डोल्पा र रुकुमतर्फ केन्द्रित भएको बताइन्छ ।
कालिकोट र जुम्लामा तालिम दिएर जाजरकोट आएको टोलीले हतियार र सेनाको आवश्यकता, एकरुपता र आफ्नो ताकतबारे ब्रिफिङ गरेको थियो । शक्ति सञ्चय गरेर आवश्यकता परेका बेला देखाउने भन्दै युवालाई सेनामा लाग्न आह्वानसमेत गरिएको छ । हाल मासिक १५ हजार भत्ता उपलब्ध गराइनेसमेत बताइएको स्रोतले जनाएको थियो ।
बाँकी प्रशिक्षण डोल्पा, रुकुम, सल्यानमा सकेर रोल्पामा भव्यतापूर्वक वर्षगाँठ मनाउने योजना रहेको आकलन गरिएको बताइएको थियो ।

यो समाचारसम्बन्धी मिडिया क्लब नेपालले विप्लव नेकपासँग आधिकारिकता माग गर्दा यो सरकारी पक्षबाट फैलाइएको भ्रम मात्र भएको जनाकारी विप्लव पक्षले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि