२१ आश्विन २०७७, बुधबार १८:०९

जताततै कोरोनाको डर, सरकारको छैन भर


मिडिया क्लब नेपाल, काठमाडौं । आज देशमा एकै दिन ३४ सय ३९ जना कोरोना भाइरसको संक्रमित थपिएसँगै सक्रिय संक्रमित संख्या २५ हजार नाघेको छ ।
केही दिन अघि २५ हजारभन्दा धेरै सक्रिय संक्रमित भएको लकडाउन गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरिएको थियो ।
अहिलेसम्मको तथ्यांकले समुदायस्तरमा फैलिएको कोरोना संक्रमण खतरनाक बनेको देखिएको छ । जसको रोकथामका लागि सरकारले लकडाउन समेत गर्ने सम्भावना छ ।
यता स्वास्थ्य विज्ञहरुले भने सरकारको भर नपरी आफैँ सचेत हुन सुझाएका छन् ।
दशैं नजिकिदै गर्दा लकडाउनको सम्भावना बढ्नुले झन् समस्या ल्याउने देखिएको छ । सरकारले दशैंमा टीकाटालो घरमै मात्र गर्न आग्रह गरिसकेको छ । कोरोनाप्रति जनता आफैं संयमित नभए अब केही दिनमै कोरोनाले भयावह रुप लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि