२२ आश्विन २०७७, बिहीबार १२:२९

‘काभ्रेमा सुकुम्बासीको नाममा आएको रकममा हुकुमबासीको राज’


काभ्रे । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं – ५ कामिडाँडामा राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट सुकुम्बासी रहेका भुकम्प पीडित लाभग्राहिहरुलाई प्राप्त रकम दुई लाखमा हुकुमबासी श्याम लामाको लूट भएको खुल्न आएको छ ।

कामिडाँडाका स्थानीय शिक्षक समेत रहेका श्याम लामाले ७० वर्षीय एकल दलित वृद्धा कान्छी विश्वकर्मा र अर्कि अन्दाजी ५५ वर्षीय कालीमाया तामाङको नाममा घरेडि खरिदका निम्ति भनी आएको दुई लाख रुपैयाँ पीडितहरुलाई ललाईफकाई आफ्नो खल्तिमा पारेको कुरा खुल्न आएको हो ।
घर बनाई बस्न उपयुक्त नभएको चार÷चार आना भिरपाखो जग्गा लामाले भुकम्प पिडित मैना विश्वकर्मा र कालीमाया तामाङलाई बेचेका हुन् । यस्तो जग्गा भुकम्प पिडित लाभग्राहिहरुलाई बेचेको थाहा पाएपछि स्थानीय वसिन्दाहरु पनि अचम्ममा परेका छन् ।

केही समय अगाडि शिक्षक लामाले सोही ठाँउ बेथान्चोक–५ निवासी कान्छामान तितुङको ८ रोपनी जग्गा ६० हजारमा खरिद गरि तत्कालै सो जग्गा आफ्नै दिदी कालिमाया तामाङ एवं अर्कि ७० वर्षीय एकल दलित वृद्धा कान्छी विश्वकर्मालाई अनेक बहाना बनाई ललाइफकाई चार÷चार आना जग्गा दुई र दुई लाखमा बिक्रि गरेको खुल्न आएको हो ।

७० वर्षीय कान्छी विश्वकर्मासंग यस बारे बुझ्दा उनले भनिन् – ‘मैले श्याम लामासंग जग्गा लिन चाहेकै थिईन तर उसले मलाई फसाएरै छोड्यो ।’

कुराकानीको क्रममा पिडित विक यसो भन्छिन् –

धुलिखेल जाउँ भनेको थियो, मैले बिरामी छु म हिड्न सक्दिन भने पछि उपचार गर्न लैजान्छु भन्दै एम्बुलेन्स बोलाएर मलाई धुलिखेल पु¥याएर कुन्नि कता लग्यो मैले केही पनि थाहा पाइन । उसले को–को संग के–के भन्यो केहि पनि बुझिन । मैले कहिँ कतै सहिछाप गरेको पनि छैन त्यतिकै मलाई फर्काएर घर ल्याई छोडिदियो र उसले भन्यो – ‘अब त्यो जग्गा तिम्रो भयो त्यहाँ भुकम्पको घर बनाएर बस्दा हुन्छ ।’ अनि मात्र मलाई थाह भयो मेरो नाममा आएको दुई लाख उसको पोल्टोमा परेको कुरा । जब मैले यो कुरा थाह पाएँ तब छांँगाबाट खसे झैं भएँ । अब मैले जसरी भएपनि उसले देखाएको ठाउंँ स्वीकार गरेर घर बनाउनुको बिकल्प नभए पछि आफ्नै खर्चमा डोजर लगाएर घरेडी बनाएँ । यहि वर्षामा माथिबाट आएको पहिरोले सो घडेरी पनि पुरियो ।

मलिन अनुहारमा देखिएकी वृद्धाले थपिन – ‘अलि पहिला सम्म त अर्कै घडेरी दिन्छु भन्थ्यो तर आजकल त बोलचालै बन्द छ । जेसुकै होस् अब पहिलेकै सार्वजनिक ठाँउमा नै घर बनाउछु ।’

अर्कि पीडित कालिमाया तामाङसंग सम्पर्क गर्न खोज्दा उनीसँग भने सम्पर्क हुन सकेन ।

घटनाको वास्तविकताबारे सोध्दा शिक्षक लामा भने यसो भन्छन –

‘मैले तामाङ र विकलाई फसाएको भन्ने कुरा सत्य होइन तर बिकको नाममा आएको दुई लाख सम्झौता गर्ने क्रममा भने आफुले गाउँपलिकाको एम्बुलेन्स तीन हजार रुपैयामा लिई धुलिखेल गएको चांँहि सत्य हो ।’

पेशाले शिक्षक रहेका लामा कहिले काठ व्यापार त कहिले जग्गा दलाली गर्ने व्यक्तिको रुपमा चिनिन्छन् । स्थानियहरुका अनुसार लामा बेला बखत विभिन्न किसिमले चर्चामा आउने गर्छन्, कहिले बिद्यालयको रकम हिनामिनाको नाममा त कहिले छात्रवृत्ती रकम हिनामिनाका नाममा भने कहिले त किर्ते माइन्युट तयार गरि प्रधानाध्यापक बन्ने शिक्षकका रूपमा चर्चामा आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि