२३ आश्विन २०७७, शुक्रबार १५:४०

तिब्बत : चीनले कब्जा गरेको ७० वर्ष, यसरी गरिएको थियो शक्तिको आँडमा सन्धी


एजेन्सी । झन्डै ४० वर्षसम्म तिब्बत स्वतन्त्र थियो । त्यहाँ वास्तविक स्वतन्त्रता थियो ।
जब सन् १९४९ मा चीनमा कम्युनिस्टको जितपछि उक्त हिमाली क्षेत्रको परिस्थति फेरियो अनि विवादको इतिहासको जग त्यहीँबाट बस्यो ।
सन् १९५० अक्टुबर ७ तारिखमा माओ त्सेतुङको सेना तिब्बत पस्यो । सैनिकहरूले अक्टुबर १९ मा चाम्डु शहरबाहिरको क्षेत्र आफ्नो नियन्त्रणमा लिए ।
झन्डै आठ महिनासम्म चीनको कब्जा र बढ्दो दबाव माझ तिब्बतका धार्मिक नेता दलाई लामाले १७ बुँदे विवादित सहमतिमा हस्ताक्षर गरे । त्यसअनुसार तिब्बत आधिकारिक रूपमा चीनको भूभाग बन्यो ।
तर नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा उक्त सन्धिलाई अमान्य मान्छन् । त्यो हस्ताक्षर एउटा असहाय सरकारमाथि दबाव दिएर इच्छाविपरीत गराइएको उनको तर्क छ ।
दलाई लामा सम्झौतामा हस्ताक्षर गर्दा १५ वर्षका थिए । चीनले उक्त प्रकरणलाई ‘शान्तिपूर्ण मुक्ति’ ठान्छन् । तर निर्वासित तिब्बती समुदाय त्यसलाई ‘आक्रमण र कब्जा’ मान्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि