२३ आश्विन २०७७, शुक्रबार १८:२९

बागमती प्रदेश सरकारको ‘सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’


काठमाडौं । बागमती प्रदेश सरकारले युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयकाअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा सहुलियतपूर्ण ऋण व्यवस्थापन कार्यक्रमअन्तर्गत कूल रु तीन अर्ब बजेट विनियोजन गरिएको छ ।
विभिन्न व्यावसायिक क्षेत्रका लागि एक युवा उद्यमी वा युवा मिलेर बनेको समूहलाई बढीमा पाँच वर्षको लागि वार्षिक तीन प्रतिशत ब्याजदरमा न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु दश लाखसम्म ऋण उपलब्ध गराउने कार्यक्रम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

कार्यक्रमअनुसार प्रदेश सरकारले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, वन तथा वातावरण क्षेत्र, महिला तथा दलित समुदाय विकासको क्षेत्र र फोहरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने योजना छ ।
प्रदेश सरकारले १३ वटै जिल्लामा रहेका कृषि विकास बैंक लिमिटेडमार्फत युवा उद्यमीलाई सहुलियत दरमा ऋण लगानी गर्नेछ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख संयोजक र अन्य सरोकारवाला कार्यालयका प्रतिनिधि सम्मिलित अनुगमन समितिसमेत रहने छ । एक्काइस वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति वा सो उमेर समूह मिलेर बनेको समूहले सञ्चालन गर्ने फर्म, कम्पनी वा संस्थालाई सहुलियतपूर्ण ऋण लगानी गरिने बताइएको छ ।

कार्यक्रमअनुसार कृषि व्यवसायसम्बन्धी उत्पादन प्रशोधन भण्डारण बजारीकरणतर्फ, उद्योग व्यवसायतर्फ, पर्यटन प्रवद्र्धनतर्फ, महिला उद्यमशीलतातर्फ, दलित समुदाय व्यवसायतर्फ र फोहरमैला व्यवस्थापनतर्फ ऋण उपलब्ध गराइने छ । धितो नभएकाको हकमा ऋण प्रवाह हुने परियोजना नै सुरक्षित रहने गरी ऋण वा परियोजनाबापत रु पाँच लाखसम्म र धितो राखेमा बढीमा रु दश लाखसम्म ऋण उपलब्ध गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि